महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ सम्पन्न, प्राइम कमर्सियल बैंक च्याम्पियन

लोकपथ
49
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ सम्पन्न भएको छ ।

चार दिनसम्म काठमाडौंमा चलेको प्रतियोगितामा प्राइम कमर्सियल बैंक लिमिटेडले उपाधि जितेको छ भने माछापुच्छ्रे बैंक लिमिटेड उपविजेता बनेको छ ।

प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंक गरी कुल २४ टोली सहभागी थिए । विजेता र उपविजेता टोलीलाई शुक्रबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल प्रमुख अतिथि थिए । उनले विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरे भने उपविजेता माछापुच्छ्रे बैंकलाई पनि ट्रफी प्रदान गरिएको थियो ।

व्यक्तिगत विधातर्फ लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान उत्कृष्ट फिल्डर, सानिमा जिआईसी इन्स्योरेन्सका अनिल भुजेल उत्कृष्ट विकेटकिपर, नेपाल बैंकका मोहन कुमार श्रेष्ठ उत्कृष्ट बलर, माछापुच्छ्रे बैंकका सृजन सुवेदी उत्कृष्ट ब्याट्सम्यान र प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्य उत्कृष्ट खेलाडी घोषित भए ।

त्यसैगरी सानिमा जिआईसी इन्स्योरेन्सले फेयर प्ले अवार्ड प्राप्त गरेको छ ।

महालक्ष्मी विकास बैंकले प्रतियोगितामा सहभागी सबै टोली, प्रायोजक तथा सहयोगी संस्था र व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?