जेनजी शहीद परिवारको गुनासो– ‘प्रधानमन्त्रीलाई भेट्न समेत पाएनौँ’

लोकपथ
0
Shares

काठमाडौं । जेनजी शहीद परिवारहरुको समूह जेनजी शहीद परिवार कल्याणकारी समाजले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ ।

शहीद परिवारले जेनजीहरुको माग मुद्दा र यसअघिको अन्तरिम सरकारसँग गरिएको बाचा समेत वर्तमान सरकारले पूरा गर्न कुनै चासो नदेखाएको भन्दै गुनासो गरेका हुन् ।

जेनजी शहीद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै आफूहरुले प्रधानमन्त्रीलाई भेट्ने पटकपटक प्रयास गरे पनि कुनै पहल नभएको गुनासो गरे । साथै सरकारले जेनजी परिषद् गठन गर्ने नाममा आफ्नै कार्यकर्ता भर्ति गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाइएको छ ।

‘जेनजी परिषद् गठन गर्ने नाममा आफ्नै कार्यकर्ता भर्ति गर्ने प्रयास भइरहेको छ । जेनजी शहीद तथा घाइते आयोग गठन गर्ने कुरा पूर्ण रुपमा ठप्प छ । यो देशमा बसेका केही अमूक व्यक्तिहरु आफैँ कार्यकर्ता भर्ति गर्ने थलो बनाइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘पटकपटक प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने कोसिस गर्दा पनि शहीद परिवारलाई त्यो अवसर दिएको छैन । घाइते र शहीद परिवारको प्रतिनिधित्व गर्दै संसदमा जानुभएकाहरुले शहीद परिवारसँग कुनै छलफल नै नगरी मनोगत रुपमा सरकारलाई धन्यवाद दिँदा शहीद परिवार विचलित र विक्षिप्त भएको छ । त्यसप्रति असन्तुष्टि रहेको छ ।’

यसैगरी जेनजी शहीद परिवारलाई क्षतिपूर्ती दिएपछि राज्यले त्यतिलाई मात्रै आफ्नो कतव्र्य ठानेको जस्तो व्यवहार गरेको समाजको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?