एकैदिन ८२ सयले घट्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
525
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो साताको अन्तिम कारोबारको दिन (शुक्रबार) ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेर ३ लाख ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै , आज चाँदीको मूल्य पनि घटेको छ । महासंघमा अनुसार आज चाँदी प्रतितोला ३ सय ३५ रुपैयाँले घटेको हो ।

शुक्रबार ५ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी आज ३३५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?