काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य, राम्रो संस्कार र सकारात्मक सोचलाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यका साथ तयार गरिएको नेपाली बाल गीत ‘ज्ञानी ज्ञानी’ सार्वजनिक भएको छ ।
आजका बालबालिकाहरू नै भोलिका देशका कर्णधार हुन् भन्ने विश्वासका साथ निर्माण गरिएको यस गीतले सम्मान, अनुशासन, अध्ययनप्रतिको लगाव र असल व्यवहारको महत्वलाई सरल र मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ ।
मिठो शब्द, आकर्षक संगीत र मन छुने प्रस्तुतिले गीतलाई अझ विशेष बनाएको छ ।
गीतमा स्वर बाल गायिका कृतिमा पाण्डेको सुमधुर आवाज रहेको छ । शब्द ङावा फिन्जु पाख्रिनको रहेको छ भने भने संगीत राम चन्द्र रिमाल (आरसी रिमाल) ले दिएका छन् ।
निर्माण टिमका अनुसार ‘ज्ञानी ज्ञानी’ केवल मनोरञ्जनका लागि मात्र नभई बालबालिकामा सकारात्मक सोच र असल बानीको विकास गर्ने एउटा सानो प्रयास पनि हो । गीतले अभिभावक, शिक्षक तथा सम्पूर्ण समाजलाई बालबालिकाको सही मार्गदर्शनमा थप प्रेरणा दिने विश्वास गरिएको छ ।
सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । निर्माण पक्षले सम्पूर्ण संगीतप्रेमी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूलाई गीत हेरेर, सुनेर, शेयर गरेर साथ दिन अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया