भिरबाट लडेर २ जनाको मृत्यु

लोकपथ
0
Shares

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।

सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको हो ।

यस्तै, सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी ६ वर्षीया जसना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको छ ।

प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भिरबाट चिप्लिएर निजको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?