अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के भयो ?

लोकपथ
105
Shares

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपालमा इन्धनको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ ।

निगमका अनुसार पेट्रोलको पहिलो वर्गअन्तर्गतको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत २१६ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत २१७ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, डिजेल तथा मट्टितेलको पहिलो वर्गको मूल्य प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको २२४ रुपैयाँ र तेस्रो वर्गको २२५ रुपैयाँ कायम रहेको निगमले जनाएको छ ।

हवाई इन्धन (आन्तरिक उडानतर्फ) को मूल्य प्रतिलिटर २६९ रुपैयाँ तोकिएको छ । यस्तै, १४.२ केजी क्षमताको एलपी ग्यासको मूल्य २,१६० रुपैयाँ कायम रहेको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दो क्रममा रहे पनि उपभोक्तामाथि तत्काल थप भार नपरोस् भन्ने उद्देश्यले हालका लागि मूल्य यथावत् राखिएको निगमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?