रास्वपा सभापति रवि लामिछाने आज भारत जाँदै

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पाँच दिनको भ्रमणका लागि भारत जाँदै छन् ।

उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत जान लागेका हुन् ।

लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहोरा, उनकी पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमण टोलीमा सहभागी छन् ।

यस अवधिमा लामिछानेले नयाँदिल्लीमा राजनीतिक तथा कूटनीतिक क्षेत्रका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा उनले भाजपा नेतृत्व, भारतमा बसोबास गर्ने नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नेछन् । साथै, उनले अयोध्या भ्रमण गर्ने कार्यक्रम समेत रहेको रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?