काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज तीनवटा नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । ‘रोल नं १’, ‘कुम्भ’ र ‘सेप अफ मोमो’ आजबाट प्रदर्शनमा आएका हुन् ।
जोन योञ्जनको निर्देशनमा तयार भएको ‘रोल नं १’मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन् ।
चलचित्र ‘कुम्भ’ आजैबाट प्रदर्शनमा आएको छ । यो चलचित्रलाई रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ ।
चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुनील थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा, मुन्ना सर्राफलगायत कलाकारहरूको अभिनय रहेको छ ।
सिक्किमकी युवा निर्देशक त्रिवेणी राईको डेब्यु फिचर चलचित्र ‘सेप अफ मोमो’ आजैबाट प्रदर्शनमा आएको छ ।
चलचित्रमा भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय रहेको छ । निर्देशनसँगै त्रिवेणी राईले किस्ले राईसँग मिलेर पटकथा लेखेकी हुन् ।
छायांकन अर्चना घाङ्ग्रेकरले गरेकी छन् भने सम्पादन अनिल आलायम र किस्लेले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया