काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ९१ हजार ५ सयमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो । हिजो मंगलबार ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया