आज के भयो सुनचाँदीको मूल्य ?

लोकपथ
0
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सुनको मूल्यमा ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १३ सयले घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेको हो ।

सोमबार ५ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?