रौतहटमा झगडा छुट्याउने क्रममा युवकको मृत्यु, एक जना पक्राउ

लोकपथ
35
Shares

रौतहट । रौतहटमा झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटना झगडा छुट्याउने क्रममा भएको हो । सोही क्रममा बारा, निजगढ नगरपालिका–६ का ३८ वर्षीय विमल मोक्तानले सुवेदीलाई धकेलेका थिए ।

धकेलिँदा गम्भीर चोट लागेपछि सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?