सशस्त्र प्रहरीद्वारा सप्तकोशी नदीको टापुबाट ४७५ किलो गाँजा बरामद

लोकपथ
0
Shares

काठमाडौं । सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले करिब ४७५ किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार बराहक्षेत्र नगरपालिका–६ र बेलका नगरपालिका–८ बीच पर्ने सप्तकोशी नदीको टापुमा १६ वटा बोरामा लुकाइराखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत तथा सुरक्षा बेस रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काको कमान्डमा खटिएको टोलीले गाँजा बरामद गरेको जनाएको छ ।

बरामद गरिएको गाँजा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?