काठमाडौं । प्रधानमन्त्री वालेन शाह‘बालेन’ले युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा विभिन्न मिसन प्रमुखहरूसँग आज सामूहिक भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने कार्यक्रममार्फत प्रधानमन्त्री शाहले उनीहरूसँग संयुक्त संवाद गर्ने तय भएको छ ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विविध विषयमा छलफल हुनेछ ।
यसअघि पनि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया