बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

लोकपथ
0
Shares

मकवानपुर । हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, सिखरकटेरीमा दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको बा।प्र।०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना।५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका निम्ति हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी बोगटीले बताए ।

स्कुटरलाई ठक्कर दिने बस र चालक काभ्रेको चौँरीदेउराली गाउँपालिका–२ का ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?