काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ, जसका कारण आसपासका क्षेत्रहरूमा थप सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाले कोसी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जनाएको छ ।

प्रणाली पूर्वतर्फ सर्दै रहेकाले सम्बन्धित जिल्लामा पनि मौसमको प्रभाव बढ्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

महाशाखाले आकस्मिक मौसम परिवर्तनका कारण सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?