सुधन गुरुङले दिए प्रेस काउन्सिलमा उजुरी

लोकपथ
0
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सांसद सुधन गुरुङले प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् । आफूविरुद्ध मिडियाहरुले भ्रम फैलाएको भन्दै गुरुङले शुक्रबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।

केही दिनअघि ‘सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा’ समाचार प्रकाशन भएको थियो । त्यसबारे उनीमाथि प्रश्न उठे पनि त्यसको खण्डन गर्दै कारबाहीको मागसहित उजुरी दिएका हुन् ।

उक्त समाचार लेख्ने सञ्चारकर्मीविरुद्ध प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाही र सजायको माग गर्दै प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका हुन् ।

गुरुङले आफू पारिवारिक भ्रमणमा गएको घटनासँग जबर्जस्ती जोडेको भन्दै आपत्ति समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?