संसद् भवनअघि शहीदकाे शालिक निर्माण गर्न सांसद खत्रीको माग

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले संसद् भवन अगाडि शहीदका शालिकहरूको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै उनले शहीदहरूको बलिदान र घाइतेहरूको पीडालाई केवल सम्मानका रूपमा मात्र होइन, व्यवहारिक रूपमा पनि सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

उनले भनिन्, ‘शहीदको बलिदान र घाइतेको पीडालाई केवल सम्मान मात्र होइन व्यवहारिक रूपमा पनि न्याय दिने गरी सम्मान गरियोस् ।’

यसै क्रममा उनले सरकारप्रति प्रश्न उठाउने अधिकारमाथि समेत टिप्पणी गर्दै संसद्भित्र उठ्ने आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाइन् ।

‘सरकारलाई प्रश्न सोध्न नपाउने हो र ? डाडुपन्यु तेरो हातमा हुन्छ, सरकार तेरो हातमा छ, कसलाई सुनाएको, कसलाई सोधेको भन्ने रोइलो चलिरहेको छ,‘उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?