घट्यो सुनचाँदीको मूल्य

लोकपथ
0
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३३ सय रुपैयाँले घटेको हो ।

मंगलबार २ लाख ९५ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३३ सयले घटेर २ लाख ९२ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १२५ रुपैयाँले घटेको हो ।

मंगलबार ५ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२५ रुपैयाँले घटेर ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?