ललितपुरमा नक्कली ब्ल्याकलेबल बनाउने कारखानामा सशस्त्र प्रहरीको छापा, चार जना पक्राउ

लोकपथ
196
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरमा सञ्चालन भइरहेको नक्कली ब्रान्डेड मदिरा उत्पादन केन्द्रमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, रामेछापकै खिम्ती गाउँपालिकाका २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ तथा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङ रहेका छन् ।

सशस्त्र प्रहरीले नक्कली रेड लेबल, ब्ल्याक लेबललगायत विभिन्न ब्रान्डका मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा ललितपुर महानगरपालिका–७ चाँगाथलीस्थित एक घरमा छापा मारेको हो ।

छापाका क्रममा रेड लेबल, ब्ल्याक लेबललगायत विभिन्न ब्रान्डका नक्कली मदिरा, खाली बोतल, स्टिकर तथा प्याकेजिङ सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?