काठमाडौं। काठमाडौं महानगरपालिकाले रिक्त रहेको सहरी योजना आयोगको उपाध्यक्षमा डा.सुमननरसिंह राजभण्डारीलाई नियुक्त गर्ने भएको छ।
कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको मंगलबार ४९औँ कार्यपालिका बैठकले डा.राज भण्डारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल देशका प्रधानमन्त्री बनिसकेका वालेन्द्र शाहले गत माघ ४ गते कामपाको प्रमुखबाट राजीनामा दिएसँगै खाली भएको उक्त पदमा राजभण्डारी नियुक्त गर्ने भएको हो ।
त्यसैगरी, बैठकले कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्तिसम्बन्धी व्यवस्था गरिएको कार्यविधि संशोधनसहित पारित गरेको छ । शिक्षा स्वास्थ्य समितिका तर्फबाट सदस्यसचिव एवं शिक्षा अधिकारी नमराज ढकालले, छात्रवृत्तिसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
यसैगरी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायमको जिम्मेवारी दिने भएको छ।
कार्यविधिमा समेटिएका व्यवस्थाका विषयमा दलबहादुर कार्की, विमलकुमार होडा, रामकुमार केसी र आशामान सङ्गतले धारणा राखेका थिए । यही प्रस्तावको छलफलमा रोजिना श्रेष्ठले आइतबार विद्यालय खोल्ने विषयलाई एकरूपता दिनुपर्ने सुझाव दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया