प्रधानन्यायाधीशका रुपमा डा. मनोजकुमार शर्माले सम्हाले कार्यभार

लोकपथ
0
Shares

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले कार्यभार सम्हालेका छन् ।

मंगलबार साँझ सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश शर्माले कार्यभार सम्हालेका हुन् ।

आजै अपरान्ह शर्माले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । त्यसलगत्तै शीतल निवासबाट सर्वोच्च पुगेर पदभार ग्रहण गरेका हुन् ।

संवैधानिक परिषद्को सिफारिसका आधारमा प्रधानन्यायाधीश बनेका शर्मालाई आजै संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?