काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम सिफारिस भएको छ ।
अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले ४ जनाको नाम सिफारिस गरेको हो ।
जसमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट रहेका छन् ।
सिफारिस समितिले गत वैशाख १५ गते इच्छुक व्यक्तिहरुको व्यक्तिगत विवरण माग गरेको थियो । तोकिएको समयभित्र ४७ जनाले व्यक्तिगत विवरण पेस गरेकोमा त्यसमध्येबाट सर्ट लिस्टिङ गरी ४ जनाको नाम सिफारिस गरिएको हो ।
सिफारिसमा परेकाहरुको लागि आगामी जेठ ८ गते शुक्रबार दिउँसो विभिन्न समयमा उनीहरुसँग छलफल गर्ने तयारी गरिएको बताइएको छ ।
सरकारले गत वैशाख ८ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टको संयोजकत्वमा घनश्याम उपाध्याय र भूवन कुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया