काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति सदस्य टेकबहादुर बोहरा कारबाहीमा परेका छन् ।
राष्ट्र बैंक सञ्चालक समितिको २०८३–०१–१६ गतेको बैठकले आफ्नै संस्थाको शेयर दोस्रो बजारमा बिक्री गरेको विषयलाई गम्भीर उल्लंघन ठहर गर्दै कारबाही गरेको थियो । सोही आधारमा नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै नेरुडे मिर्मिरे लघुवित्तले बोहरालाई सञ्चालक समिति सदस्यबाट हटाइएको जनाएको हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९उपदफा ३ को खण्ड (ग) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) को खण्ड (ङ) बमोजिम बोहरालाई कारबाही गरी पदबाट हटाएको हो ।
कम्पनीका सचिव राजेश श्रेष्ठले नेप्सेलाई पत्र पठाउँदै उनलाई सञ्चालक समिति सदस्यबाट हटाइएको जनाएका छन् ।
‘…निर्देशनको कार्यान्वयनको सिलसिलामा यस संस्थाको मिति २०८३/०१/३० गते बसेको संचालक समितिको ३९१औँ बैठकको निर्णय अनुसार निज श्री टेकबहादुर बोहरा यस संस्थाको संचालक पदमा नरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया