थानकोटमा युवकको हत्या 

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादमा शुक्रबार एक जनाको हत्या भएको छ । हत्या हुनेमा महोत्तरीका अन्दाजी २५ वर्षीय जाकिर मन्सुरी छन् । 

प्रहरीका अनुसार, महोत्तरी भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेका हुन् । मन्सुरी नातामा अहमदको सालो पर्छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुंगलस्थित मेडपोइन्ट अस्पतालमा लगिएकोमा उपचारको क्रममा गएराति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । 

चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?