आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबार बस्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल गर्नुका साथै फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा गर्ने एजेन्डा रहेको बताइएको छ ।

आजका लागि तय गरिएको बैठक विभिन्न कारणले सोमबारका लागि सारिएको एमाले स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?