एकैदिन ४ हजारले घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

लोकपथ
0
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । 

हिजो बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ४ हजारले घटेर २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँले घटेको  हो  ।

बिहीबार ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?