काठमाडौं । चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको निवेदन सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ इजलासमा परेको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको भए पनि सो इजलासले मुद्दा हेर्न नमिल्ने भएपछि अर्को दिनका लागि सुनुवाइ सारिएको हो ।
यसअघि विपक्षी बनाइएको चलचित्र विकास बोर्डलाई सूचना नपुगेको भन्दै सर्वोच्च अदालतले पुनः प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।
डा.रोशनी नेपालीले चलचित्रमा प्रयोग भएका केही शब्दले बादी समुदायकी महिलाको अपमान गरेको भन्दै प्रदर्शन रोक्न माग गर्दै निवेदन दिएकी हुन् । यसअघि पाटन उच्च अदालतले चलचित्र रोक्ने अल्पकालीन आदेश खारेज गरेपछि उनी सर्वोच्च पुगेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया