नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

लोकपथ
42
Shares

काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव १५ अंकले ओरालो लागेर दुई हजार ७४० दशमलव २५ मा सीमित भएको छ ।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७० अंकले ओरालो लागेर ४६७ दशमलव ५५ मा सीमित भएको छ । कूल ३३९ कम्पनीको ५६ लाख ४३ हजार २८८ कित्ता शेयर दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी, साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा छ ।

यस्तै, एशियन हाइड्रोपावर, एसवाई प्यानल, हिमालयन बैंकको बण्ड, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो र सेन्चुरी डिवेञ्चरका लगानीकर्ताले कमाएका छन् । यस्तै, धौलागिरि लघुवित्त, झापा इनर्जी, सिटिजन बैंकको ऋणपत्र, रिज लाइन इनर्जी र आरबिबी फोकस-४० का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?