काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिमालले सरकारको नीति तथा कार्यक्रममाथि व्यङ्ग्य गर्दै प्रधानमन्त्रीको व्यवहारले नै कार्यक्रम सरकारकै नभएको संकेत दिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘क्लेभर’ को संज्ञा दिएका हुन् ।
नीति तथा कार्यक्रममा उल्लेख्य विषयवस्तु नरहेको भन्दै जनताको ध्यान अन्यत्र मोड्न प्रधानमन्त्रीबाटै ‘अटेन्सन डाइभर्ट’ गर्ने प्रयास भएको उनको दाबी छ ।
रिमालले संसद्मा रामचन्द्र पौडेल ले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्रीले नै ‘वाकआउट’ गरेको घटनालाई अस्वाभाविक रूपमा चित्रण गरेका छन् ।
उनले आखिर राष्ट्रपतिले वाचन गरेको त्यो कार्यक्रम कसको थियो ? भन्दै प्रश्न उठाएका छन् । प्रधानमन्त्री आफैँले वाकआउट गरेपछि त्यो सरकारकै कार्यक्रम नभएको पुष्टि भएको भन्दै उनले सरकारको कार्यशैलीप्रति कटाक्ष गरेका छन् ।
रिमालले व्यङ्ग्यात्मक शैलीमा जाँचबुझ आयोग गठन गरेर राष्ट्रपतिले वाचन गरेको कार्यक्रमको वास्तविकता पत्ता लगाउन पनि सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया