सीमा नाकाहरुमा अनुहार पहिचान प्रणालीको व्यवस्था हुने

लोकपथ
0
Shares

काठमाडौं । सरकारले सीमा नाकाहरुमा अनुहार पहिचान प्रणालीको व्यवस्था गर्ने भएको छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो ।

त्यसैगरी प्रणाली एकीकृत सीमा व्यवस्थापन सुचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार प्रणाली पनि स्थापना गरिने उनले बताए । राष्ट्रपति पौडेलले ड्रोन तथा नाईट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिने बताए ।

उनले भने,‘सीमा नाकाहरुमा अनुहार पहिचान प्रणाली एकीकृत सीमा व्यवस्थापन सुचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ । ड्रोन तथा नाईट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिनेछ । सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइने छ ।’

राष्ट्रपति पौडेलले सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाउने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?