लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा २२ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, रौतहट, पर्सा, झापा, मोरङलगायत जिल्लाबाट अवैध लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ बाट एक, कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट एक, जानकी गाउँपालिका–१ गुजरूवा चौराहबाट एक, धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट एक जना पक्राउ परेका छन् । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरबाट एक, पुनर्वास नगरपालिका–४ घगाउँबाट दुई जना पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका५ बाट एक, पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट पाँच, झापाको भद्रपुर नगरपालिका–८ बाट दुई, कनकाई नगरपालिका–३ सुरूङगा बजारबाट एक, मेचीनगर नगरपालिका–६ मेचीडाँडाबाट एक जना अवैध लागुऔषसहित पक्राउ परेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका–६ नमूनाटोलबाट एक, महोत्तरीको बर्दिवास नगरपालिका–१ बाट एक, सुनसरीको धरान उपमहानगरपालिका–१६ गणेशमान चोकबाट दुई र बर्दियाको बाँसगढी नगरपालिका–५ बाँसगढीबाट एक जना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?