‘जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढिरहेको छ’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली प्रहरीका प्रमुख (आईजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले जटिल भुगो र देशभर जथाभावी निर्माण गरिएका सडक तथा कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम थप बढाएको बताए ।

उनले नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दुःखद् बन्दै गएको भन्दै दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताए । कार्कीले सवारी दुर्घटना राज्य, व्यवसायी, मजदुर युनियन तथा सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले यातायात व्यवसायीको महाधिवेशनले पनि दुर्घटना न्यूनीकरणका लागि स्पष्ट मार्गनिर्देशन र दिशा तय गर्नुपर्ने बताए ।

उनकाअनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा बाढी, पहिरो तथा मनसुनजन्य विपद् बढ्दै गएका छन्, जसले सवारी दुर्घटनाको जोखिम थप बढाएको छ । विशेषगरी चाडपर्वको समयमा भएका ठूला दुर्घटनाले मानवीय क्षतिसँगै राष्ट्रलाई ठूलो आर्थिक नोक्सानी पनि व्यहोर्नुपरेको छ ।

आईजीपी कार्कीले भने– ‘नेपालको भूगोल जटिल छ र यो भूगोलमा जसो तसो निर्माण भएका ठूला साना सडकहरुमा सवारी साधन चलेका छन् जहाँ रुटको प्रश्न पनि उठिरहन्छ । यो रुटको प्रश्न उठिरहने विषय होइन । तर यो उठिरख्ने विषयहरु पनि सम्बोधन हुनुपर्छ । अब यो नेपालमा सवारी दुर्घटनाबाट अहिले त अझ बढ्दै गएर मास क्याजुअल्टज हुदै जादा कहिलेकाही एकदम दुःखदायी हुन्छ दिन हामीलाई सम्झिँदा अत्यन्त दुःखदाय लाग्छ । भोग्नेलाई कस्तो हुन्छ ? हामी सुन्नेलाई पनि दुःख लाग्ने र भोग्नेलाई अझ दुःख लाग्ने विषय छन् । दैनिक एभरेजमा सात जना थियो । अहिले आठ जना हुने डर भयो । एभरेजमा दिनमा आठ जनाको मृत्यु हुने अवस्था चाहिँ अत्यन्त दुःखदायी अवस्था हो । यो यसबाट बर्षेनी दैनिक आठ जनाको दरले वर्षेनी कति नागरिकले ज्यान छन् त्यो अत्यन्त चिन्ताको विषय राज्यको पनि चिन्ताको विषय हो । व्यवसायको पनि चिन्ताको विषय हो व्यवसायिक संगठनहरुको पनि चिन्ताको विषय हो । मजदुर युनियनका पनि चिन्ताका विषय हुन् । र मजदुरहरुका पनि चिन्ताका विषय हुन् । यी हामी सबैका चिन्ताका विषय हुन् जहाँ हामी आफैँ सम्मिलित छौँ । जहाँ हामी आफैँ पनि पीडित हुने सम्भावना छ अहिले अर्को कसैलाई पिडा भएको अवस्थाले अहिले एकछिन शान्त भइराख्ने कुरा पनि होइन । त्यो कुनै दिन त्यो पिडा कसैसँग नपरोस् भन्नका खातिर महाधिवेशनले पनि एउटा मार्ग निर्देश गर्नुपर्ने अवस्था छ भन्ने बुझ्नु जरुरी छ । अब हामीले पछिल्ला दिनमा मौसमको परिवर्तनले जलवायु मा आएको परिवर्तनको कारणले पनि संसारभरमा जस्तै नेपालमा पनि दुर्घटनाहरु वृद्धि गरेको छ । अहिले नेपाल अझ पछिल्लो वर्ष यो मनसुनको समयमा खास गरि र त्यसपछि अब मनसुन शुरु भैनै सक्यो यो पछाडीबाट आउने पहिरो आउने र चाडबाडका चाडबाड ठिक्क अगाडी दुर्घटना ठुलठुला दुर्घटना भएको कारणले एकातर्फ राष्ट्रको एकातर्फ व्यक्तिको क्षति त भएकै छ । त्यो क्षति भएका व्यक्तिले भरण पोषण गर्नुपर्ने परिवारको पनि क्षति भएको अवस्था छ । दुखी भएको अवस्था छ भने मुलुकले पनि एउटा कहाली लाग्दो सवारी दुर्घटनाबाट ठूलो पुजीको पनि क्षति भएको र त्यो दुःखद् अवस्था व्यहोर्नुपरेको अवस्था छ । यस सन्दर्भमा सवारी दुर्घटनाका विविध कारणहरुमध्ये मानवीय कारणहरु हामी भन्छौँ । मानवीय कारण पनि होलान् इन्जिनियरिङका कारण पनि उत्तिकै महत्वपूर्ण छन् । इन्जिनियरिङको विषय पनि सम्बोधन हुनुपर्छ । गाउ गाउमा वडा अध्यक्ष,अध्यक्षहरुले इच्छा गरेर बनाइएका सडकहरु गाउँगाउँ जथाभावी डोजरे क्रान्ति गरिएका बाटाहरु को कारणले पनि दुर्घटना भएका छन् भन्ने पनि हामीले स्वीकार गर्नुपर्ने छ । ति बाटाहरु इन्जिनियरिङ हिसावले ति ठिक छन् । जहाँ निर त्यो जलबवयु परिवर्तनका सँगै जो बाढी र पहिरो आउछ त्यसको सिर्जना गर्नमा कति योगदान गरेको छ त्यस्तो किसिमको विकासको नमुनाले भन्ने तर्फ पनि हेर्नुपर्नेछ ।’

आईजीपी कार्कीले दुर्घटनाका कारण केवल मानवीय कमजोरी मात्र नभई इन्जिनियरिङ पक्ष पनि उत्तिकै जिम्मेवार रहेको बताए ।

गाउँ–गाउँमा योजनाविहीन रूपमा डोजर प्रयोग गरेर बनाइएका सडकले दुर्घटना निम्त्याएको उल्लेख गर्दै उनले यस्ता सडकको प्राविधिक गुणस्तर तथा वातावरणीय प्रभावको गम्भीर समीक्षा आवश्यक रहेको बताए ।

जलवायु परिवर्तन, कमजोर सडक संरचना, लापरवाही, अज्ञानता र कानूनी कार्यान्वयनको कमजोरीलाई दुर्घटनाका प्रमुख कारणका रूपमा औंल्याउँदै सुरक्षित यातायात प्रणाली निर्माणमा राज्यले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्नेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?