धनुषामा बस दुर्घटना : चालकसहित १७ जना घाइते

लोकपथ
0
Shares

काठमाडौं । पूर्वपश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते भएका हुन् । घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?