एसईईको नतिजा चार दिनभित्रै, नतिजा प्राप्त गर्ने विभिन्न माध्यमको सूची सार्वजनिक

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाखभित्रै सार्वजनिक गर्ने भएको छ । प्राविधिक समस्या नआए अबको चार दिनभित्रै नतिजा सार्वजनिक गर्नेगरी परीक्षा बोर्डले काम गरिरहेको छ । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची पनि सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ । 

एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म भएको थियो । परीक्षामा दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्रसहित अन्य सात जना सहभागी भएको परीक्षा बोर्डले जनाएको थियो ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका: तल दिइएका सर्टकोडमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिनेछ।

  • नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
  • जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
  • एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।

  • राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np
  • नेपाल टेलिकम : www.see.ntc.net.np
  • कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
  • इडियु सञ्जाल : www.see.edusanjal.com
  • खल्ती: https://khalti.com/app
  • कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
  • द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
  • एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
  • निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
  • फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
  • एम्बिसन गुरु प्रालि : see.ambition.guru
  • एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
  • इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?