१४ वर्षीया बालिका र २८ वर्षीया युवतीमाथि जबरजस्ती करणी, २ जना पक्राउ

लोकपथ
42
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट जबरजस्ती करणीको घटनामा २ जना पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगर रहेका छन् ।

उदिमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै जुम्लामा २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाको पातारासी गाउँपालिका–५ जफना गाउँ बस्ने ४१ वर्षीय दत्त बहादुर बुढा रहेका छन् ।

दत्त बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै स्थानका घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?