एकैदिन ५८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो 

लोकपथ
350
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघममा अनुसार आज छापावाल  सुन प्रतितोला ५८ सयले बढेको हो । 

अघिल्लो दिन २ लाख ९१ हजारमा कारोबार भएको सुनको मूल्य आज  ५८ सयले बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।  महासंघका अनुसार आज  चाँदी प्रतितोला १७५ रुपैयाँले बढेको हो ।  अघिल्लो दिन ४ हजार ८८० रुपैयाँमा  कारोबार भएको चाँदी आज प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?