नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन [तस्बिरहरु]

लोकपथ
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

महासंघको विधानअनुसार नयाँ कार्यसमिति चयनका लागि मतदान कार्य अगाडि बढाइएको हो । महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ ।

सोही व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ अबको नयाँ कार्यकालका लागि महासंघको अध्यक्ष बन्नुहुने निश्चित भएको छ ।

अध्यक्ष पद स्वतः सुनिश्चित भएपनि अन्य विभिन्न पदाधिकारी पदका लागि भने तिब्र प्रतिष्पर्धा देखिएको छ । निर्वाचनमा मुख्यतया दुईवटा प्यानल खडा गरी उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।

वरिष्ठ उपाध्यक्षसहितका अन्य कार्यकारी पदहरूमा आफ्नो प्यानलको वर्चश्व कायम गर्न दुवै समूहका उम्मेदवारहरूबीच प्रतिष्पर्धा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?