स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ 

लोकपथ
0
Shares

काठमाडौं । प्रहरीले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट सोमबार पक्राउ गरेको हो ।

स्मार्ट टेलिकम हाल बन्द छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतः रद्द भएको थियो ।

सा टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको भएपनि सम्पत्तिमाथि बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरेको आरोप जोशीमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?