मिचिएका नदी र साँघुरिएका किनार फिर्ता गर्ने सरकारको कदम [तस्बिरहरु]

लोकपथ
14
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरूमाथि अहिले धमाधम डोजर चलिरहेको छ ।

वर्षौँदेखि अनधिकृत रुपमा निर्माण भएका पक्की घर, टहरा र व्यावसायिक भवनहरू भत्काएसँगै नदी किनारको स्वरुप परिवर्तन हुन थालेको छ ।

सरकारले नदी कोरिडोर सौन्दर्यीकरण योजनाअन्तर्गत यो शाहसी कदम चालेको भन्दै धेरैले समर्थन पनि गरेका छन् ।
कतिपयले भने नागरिकको उठिवास लगाएको भन्दै विरोध गरेका छन् ।

विष्णुमती र बागमतीका किनारहरूमा हिजोका दिनमा देखिने बाक्लो उपस्थिति अहिले भग्नावशेषमा परिणत भएको छ ।

कतिपय स्थानमा स्थानीय बासिन्दा आफैंले सामान सार्दै गरेको देखिन्छ भने कतिपय ठाउँमा सुरक्षाकर्मीको उपस्थितिमा डोजरले अन्तिम रुप दिइरहेको छ ।

नदीको बहाव क्षेत्र मिचिएका कारण हरेक वर्ष वर्षात्मा आउने बाढीले तल्लो तटीय क्षेत्रमा पार्ने जोखिम कम गर्न यो अभियान कोशेढुङ्गा सावित हुने ठानिएको छ ।

यद्यपि, यो अभियान पूर्ण रुपमा विवादरहित र सहज भने छैन । कतिपय नागरिकहरू आफ्नै आँखा अगाडि घर भत्किएको टुलुटुलु हेरिरहेका छन् ।

भग्नावशेषको बीचमा बसेर आफ्नो अनिश्चित भविष्यको चिन्ता गरिरहेका सुकुमबासी परिवारहरूको कथा झन् मर्मस्पर्शी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?