साततले घर भत्काइएपछि घरधनीको आपत्ति, भने- जग्गाधनी पूर्जा छ कसरी भत्काउन मिल्छ ?’

लोकपथ
105
Shares

काठमाडौं । अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको साततले घर भत्काइएपछि घरधनी इन्द्र चाम्लिङले आफ्नो जग्गाको लालपूर्जा, नक्सापास र कर तिरेको प्रमाण हुँदाहुँदै पनि घर भत्काइएको आरोप लगाएका छन् ।

संघीय सरकार र काठमाडौं महानगरपालिकाको समन्वयमा आज डोजर चलाएरपछि उनले कानुनी प्रक्रिया पूरा गरेर भवन निर्माण गरे पनि घर भत्काइएको गुनासो गरेका हुन् ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘नेपाल सरकारले अनुमति दिएर घर बनाएको हो । जग्गाधनी पूर्जा छ, नक्सा पास छ, कर पनि तिरेको छु, त्यसपछि घर कसरी भत्काउन मिल्छ ? म सरकारी जग्गा हडपेर सुकुमबासी बनेको होइन ।’

उनले भवन नक्सा पास भएको र नियमित रूपमा कर तथा राजस्व तिर्दै आएको बताए ।

भत्काउने कार्य भइरहँदा चाम्लिङले प्रधानमन्त्री बालेन शाहलाई देशभक्त नेता भन्दै प्रशंसा गरे पनि आफूलाई भेटघाट र छलफलको अवसर नदिइएको गुनासो गरे ।

उनले भने,‘ हामीले उहाँलाई भेट्न धेरै प्रयास गर्‍यौँ, तर सफल हुन सकेनौँ । एउटा नागरिकको कुरा सुनिदिएको भए अझ राम्रो हुने थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?