काठमाडौं । काठमाडौंमा रहेको संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपालले पनि राजीनामा दिएका छन् ।
सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउनेगरी अध्यादेश ल्याउने तयारी गरेपछि उपकुलपतिहरूले लगातार राजीनामा दिन थालेका हुन् ।
धनेश्वर नेपालले शुक्रबार राजीनामा दिएका हुन् । उनी २०८१ पुस ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उपकुलपतिमा नियुक्त भएका थिए ।
यसअघि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले पनि राजीनामा दिएका थिए । १७ वैशाखमा उपकुलपति प्रा. डा.दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पद छाडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया