काठमाडौं । बालाजुस्थित सुकुमबासी बस्तीमा बसोबास गर्दै आएका नागरिकहरूले सम्भावित हटाउने कार्यको तयारीस्वरूप आफ्ना सामान धमाधम सुरक्षित स्थानतर्फ सार्न थालेका छन् ।
बिहान ७ बजेदेखि डोजर प्रयोग गरी संरचना हटाइने भनिएपछि बासिन्दाहरूले रातभर जाग्राम बसेर घरभित्रका सामग्री तथा टहरा हटाउने काम गरेका थिए।
यद्यपि बिहान ८ बजेसम्म पनि डोजर सञ्चालन गरिएको छैन । त्यसअघि नै करिब ९० प्रतिशत सुकुमबासीहरूले स्वेच्छाले आफ्नो टहरा खाली गरिसकेका छन्। उनीहरूले केवल घरायसी सामान मात्र होइन, टहरामा प्रयोग गरिएका इँटा, काठ लगायतका संरचनात्मक सामग्री समेत आफैं हटाइरहेका छन् ।
सरकारले सुकुमबासी व्यवस्थापन अन्तर्गत पहिलो चरणमा थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्तीहरू स्थानान्तरण गरिसकेको छ। अब दोस्रो चरण अन्तर्गत बालाजु क्षेत्रको बस्ती व्यवस्थापन प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ ।
स्थानीय बासिन्दाहरू भने वैकल्पिक बसोबासको सुनिश्चितता बिना हटाइने प्रक्रियाप्रति चिन्ता व्यक्त गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया