काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको भए पनि एलपी ग्यासको मूल्य भने बढाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको छ । नयाँ मूल्य शुक्रबार राति १ बजेदेखि लागू भएको जनाएको छ ।
मूल्य समायोजनपछि काठमाडौं उपत्यकासहित तेस्रो वर्गका सहरहरूमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ तोकिएको छ ।
यता, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १५० रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य सूची र अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका आधारमा मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया