कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
42
Shares

कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० बर्सिया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिनाका
अनुसार बुधबार साँझ आफ्नै घर अगाडि नल्काबाट पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।

घाइते अवस्थामा उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?