पार्टी हेरेर कानून लागू गर्ने प्रवृत्ति स्वीकार्य छैन : गगन थापा

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानून सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने बताएका छन् ।

सर्लाही क्षेत्र नम्बर–४ अन्तर्गत धनकौलबजारमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले कानून कार्यान्वयनमा कुनै पनि प्रकारको विभेद हुन नहुने बताएका हुन् ।

उनले सर्लाही प्रशासनलाई कानून कार्यान्वयनमा निष्पक्षता अपनाउन आग्रह गर्दै पार्टी वा व्यक्ति हेरेर कानून लागू गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे ।

थापाले नेपाल–भारत सीमा क्षेत्रमा दैनिक उपभोग्य वस्तुको किनमेलमा लगाइएको सीमाबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । उनले सीमावर्ती क्षेत्रका नागरिकको दैनिकी र आवश्यकतालाई ध्यानमा राखेर निर्णय लिनुपर्ने बताए ।

प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका थापाले आफू सर्लाही क्षेत्र नम्बर–४ का २३ हजार जनताको प्रतिनिधि भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्यलगायत आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?