काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले संसदमा पेश हुन लागेको निजामती सेवा ऐनको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्वमन्त्री एवं प्रतिनिधि सभाका ज्येष्ठ सदस्य समेत रहेका नेता केसीले निजामती सेवा ऐनमा धेरै पक्षहरु सुधार हुन बाँकी रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
केसीले निजामती शब्दको उत्पत्तीको इतिहास खोतल्दै त्यसको विकासक्रमबारे समेत प्रकाश पारेका छन् । साथै उनले निजामती शब्द नै परिवर्तन गरेर नागरिक सेवा ऐन वा सार्वजनिक सेवा ऐन राख्न आग्रह गरे ।
‘निजामती’ को नाममा नै अधिनायकतावाद झल्किने रहेको भन्दै त्यसलाई हटाउन सुझाव दिएका हुन् ।
नेता केसीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् :
निजामती शब्द अरबी–फारसी भाषाबाट आएको हो, निजाम सुल्तान वा नबाबहरुको राज्य सीमा र यसको सञ्चालक प्रक्रिया, प्रकाशनिक संयन्त्र वा सरकारी कर्मचारीतन्त्र भन्ने हुन्छ । जस्तै ‘निजामे हैदर’ यसैमा ‘इ’ कार थपेप हामी कहाँ निजामती सेवा नामाकरण गरियो । २००९ सालको प्रथम प्रशासनिक सुधार आयोग यम.यन बुच कमिशनले ‘Civil Administration service’ नामाकरण सिफारिस गरेको थियो । तसर्थ यस्लाई नागरिक सेवा ऐन वा सार्वजनिक सेवा ऐन नै नामाकरण उपयुक्त हो भन्ने मेरो धारणा संसदमा विचार व्यक्तका साथै संशोधन प्रस्ताव पेश गरेको अभिलेख जीवितै छ । तसर्थ हाल प्रस्तुत हुन लागेको यो ऐनका सम्बन्धमा धेरै पक्षको विवेचना गर्न बाँकी नै छ तर यसको नाम सामन्त अधिनायकवादको झझल्को दिने भन्दा परिवर्तनको लागि गम्भीर हुन सबै माननीयजीहरु र सरकारसँग हार्दिक आग्रह गर्दछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया