कांग्रेसको मुख्य सचेतकमा बासना थापा, सचेतकमा निश्कल राई र उपनेतामा अभिषेक प्रताप शाह

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभामा नेपाली कांग्रेसको दलको उपनेता, मुख्य सचेतक तथा सचेतक मनोनयन गरिएको छ ।

प्रतिनिधि सभा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले दलको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको हो ।

यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको थियो ।

आङ्देम्बेले तीनै जनालाई जिम्मेवारी तोकेका हुन् ।

उपनेता मनोनित गरिएका शाह गत निर्वाचनमा कपिलवस्तु–३, मुख्य सचेतक थापा दैलेख–१ र सचेतक राई ईलाम क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै आजै राष्ट्रिय सभा संसदीय दलको नेता समेत परिवर्तन गरिएको छ । दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउँदै कमला पन्तलाई जिम्मेवारी तोकिएको हो ।

‘नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०८३० को धारा १२ ९२० बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा माननीय कमला देवी पन्त, धारा ७ ९१० बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ ९२० बमोजिम मुख्य सचेतकमा माननीय बासना थापा र धारा १३ ९३० बमोजिम सचेतकमा माननीय निश्कल राईलाई मनोनयन गर्नु भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?