आकाशमा बादल र अन्धकारले ढाक्यो काठमाडौं

लोकपथ
70
Shares

काठमाडौं । आज काठमाडौंको आकाशमा बिहानैदेखि बादल लागेको छ र अध्यारोले पूरै ढाकेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेश, वागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भेगमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा भने आज तातो दिन हुने सम्भावना छ ।

राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र अन्य क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

मौसम विभागले मेघगर्जन र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा शतर्कता अपनाउन अनुरोध गरेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो दिन हुने भएकाले शतर्क रहन सल्लाह दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?