कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँयो : २ जनाको मृत्यु, ३ जना घाइते

लोकपथ
77
Shares

बुटवल । कपिलवस्तुको हुलाकी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

कपिलवस्तु नगरपालिका–१२ पिप्ररहवामा सडक किनारामा पार्किङ गरी राखिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा भारतबाट आएको यूपी ३२ सीए ८३४३ नम्बरको स्कार्पियो गाडी ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ निवासी ५५ वर्षीया चिन्नी कुर्मी रहेका छन् ।

त्यसैगरी, दुर्घटनामा घाइते हुनेमा महाराजगञ्ज–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज–११ का २० वर्षीय सुरेश कुर्मी रहेका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको स्कार्पियो अनियन्त्रित भई ट्रकमा ठोक्किएको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?