काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती हटाउने कार्य सुरु भएसँगै बस्ती खाली हुन थालेको छ । बिहान ८ बजेदेखि डोजर परिचालन गरिएपछि बस्ती क्रमशः खाली हुँदै गएको हो ।
उक्त स्थानबाट घरबारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई अस्थायी व्यवस्थापनका लागि दशरथ रंगशालामा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गर्ने क्रममा महानगर प्रहरी बल र नेपाल प्रहरीले सहजीकरण गर्दै सवारी साधन तथा आवश्यक व्यवस्थापकीय सहयोग उपलब्ध गराएका थिए ।
बस्तीका टहरा हटाउनु अघि आफैँ अन्यत्र जान चाहने बासिन्दालाई पनि सम्बन्धित निकायले गन्तव्यसम्म पुग्न आवश्यक सहयोग गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया